Monday, September 21, 2026
Home प्रवास बेलायतमा नारी दिवसको चहलपहल

बेलायतमा नारी दिवसको चहलपहल

618

जानू काम्बाङ्ग लिङ्ग्देन
बेलायत (स्विंग ड्न) । बेलायतको स्विंग ड्न स्थित नेप्लिज असोसियन विल्ट्सायरले ४ मार्च २०१७ सनिबरका सस्थाकी प्रमुख महिला कोडिनेटर चन्द्रकला लिम्बुको सभापतित्वमा भव्यताका साथ विश्व नारी दिवस सम्पन गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि एन ए डब्लु ( NAW ) बाट साखा अधक्क्ष मैत लिम्बुले गर्नु भएको थियो भने कार्यक्रमको बिशेष अतिथिमा किराँत याक्थुङ्ग चुम्लुङ्ग महिला समितिका अध्क्षय तथा जनजाति महिला महासंगकी बरिस्ठ उपाध्यक्ष युमा लिम्बु हुनु हुन्थ्यो । बेलायतमा स्थापित अन्य बिभिन्न संग संस्थाका अध्यक्ष प्रतिनिधिहरुको पनि बाक्लै उपस्थिति रहेको थियो । संस्थाले आयोजना गरेको यस कार्यक्रमको मुख्य उद्देश्य नारी जागरणको अभियान संगै विश्व नारी दिवसको सुभ अबसरमा सुभकामना आदान प्रदान रहेको पनि थियो । कार्यक्रममा उपस्थित सबैलाई छोटो छोटो सुभकामना मन्तप्यका साथै महिला दिदी बहिनीहरुलाई गित, गजल, मुक्तक र कविता आदि बाचन गरेका थिए ।
मन्तव्य राख्ने क्रममा सिनियर सिटिजनसिप बुवा आमा लगायत अन्य संग संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरुले पनि बोलेका थिए । भने महिला तर्फ़ रंग कर्मी तथा गीतकार, साहित्यकार शशि थापा सुब्बा,एशियन महिला कमिटीका उपाध्यक्ष तथा तमुधि यूके आमा समुहका संग्स्थापक अध्यक्ष्म पुनम गुरुङ, कबि नानु राना, संस्थाकी सल्लाहकार बिष्णु सिरिस तथा अन्य उपस्थित शुभकामना आदन प्रदान गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै सभा अध्यक्ष चन्द्रकला लिम्बुले त्यहाँ आमन्त्रित सम्पूर्णलाई धन्याबाद दिंदै यो कार्यक्रमबाट उठेको रकम ५० प्रतिशत सस्थाको हाउजिङ्ग र ५० प्रतिशत नेपालका पिडित महिलाहरुलाई सहयोग गर्ने कुरो बताइन । कार्यक्रम संस्थाकी सचिब मनु पाईजाले संचालन गरेकी थिइन् भने सोहि संस्थाकी उपाध्यक्षय गंगा थापाले स्वागत मन्तप्य राखेकी थिईन् ।