नेपाल भ्रमण बर्ष २०२० को कोरियामा प्रचार गर्दै विद्यार्थी

212

कार्तिक १४,
(मोक्पो) दक्षिण कोरिया । दक्षिण कोरियाको मोक्पो सहरमा अबस्थित मोक्पो नेसनल विश्वविद्यालयमा अध्ययनरत नेपाली विधार्थीहरुले नेपाल भ्रमण बर्षको प्रचार गरेका छन् । विश्वविद्यालयको अन्तरास्ट्रिय विद्यार्थी विभागले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अवसर पारेर उक्त विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीले भ्रमण बर्षको ब्यानर सहित प्रचार गरेका हुन् । उक्त कार्यक्रममा नेपालको अलावा क्यानडा, चीन, भारत, मंगोलिया, भियतनाम, म्यानमार, श्रीलंका, इण्डोनेसिया सहित कोरियन विद्यार्थीहरुको उलेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालको भ्रमण बर्षको बारे प्रचार गर्दै गर्दा सबै जसो देशका विद्यार्थी र अन्य सहभागीले उत्सुकताका साथ् जानकारी लिएको उक्त विश्वविद्यालयमा फार्मेसी बिषयमा अध्ययनरत विद्यार्थी जितेन्द्र श्रेष्ठले बताए । उनका अनुसार उक्त विस्वविध्यालयमा फार्मेसी तथा इञ्जिनियरिङ्ग विभागमा स्नाताक, स्नाकोत्तर तथा विद्यावारिधिमा गरि जम्मा २० जना विद्यार्थी अध्ययनरत छन् ।