बिहेको लागि पुरुष खोज्दै महिलाहरु

352

एजेन्सी – देश हो सीरिया । पुरुष नै नभएपछि महिलाको के हाल होला ? यो त्यस्तै देशको दर्दानक कथा हो । पुरुषको संख्या अति न्युन भएकै कारणले हो, ७० प्रतिशत महिलाले बिवाह गर्न पाएका छैनन् । थाहा भएकै कुरा हो, यो मुलुक गृहयुद्धमा फसेको छ । हट्टाकट्टा जवान युद्धमा होमिएका छन् । उमेर पुगेका युवाहरु पाउँनै मुश्किल छ । कतिले युद्धमा ज्यान गुमाएका छन्, कति देश छाडेर भागेका छन् । यसको सोझो असर परेको छ, बिहे गर्ने उमेर पुगेका युवतीहरुलाई । ७० प्रतिशत महिला अबिवाहित छन् ।
पुरुषको अनुपातमा महिलाको संख्या बढ्दै गएपछि त्यसले सामाजिक विच्छृखंलता समेत निम्त्याउने खतरा बढेर गएको छ । कतिसम्म भने, त्यहाँका युवतीहरु आफुभन्दा दोब्बर उमेरका पुरुषसँग बिवाह गरेर यौन सम्पर्क राखेपछि पुन अर्की युवतीसँग पनि बिवाहका लागि प्रस्ताव गर्न थालेका छन् ।
महिलाहरुले आफ्नो ‘सेक्सुअल डिजायर’ पुरा गर्ने पुरुष समेत पाउन छाडेका छन् । जबकी पुरुषहरु आर्थिक अभावको कारण बिवाह गर्न र सन्तान जन्माउन असमर्थ छन् । १९८० देखि १९९० को बीचमा जन्मिएका युवाहरुको पुरै पुस्ता मासिएका छन् । – एजेन्सी