स्याङ्जामा सयौंमा एचआइभी संक्रमण

183

माघ ११,
वालिङ । स्याङ्जामा सयौं मानिस एचआइभी संक्रमितको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेका अनुसार जिल्लामा ३४ बालबालिकासहित १ सय ३३ महिला र १ सय २४ पुरुष गरी कुल २ सय ५७ जना एचआइभी संक्रमित रहेका छन् । स्याङ्जा तथा आसपासका जिल्लाका एचआइभी संक्रमितको सुविधालाई मध्यनजर गरी जिल्ला अस्पताल स्याङ्जामा सिडीफोर उपकरण जडान गरिएको छ । एचआइभी÷एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकु काठमाडौँले करिब रु १५ लाख मूल्य बराबरको उपकरण निःशुल्क उपलब्ध गराएपछि एचआइभी संक्रमितलाई सेवा लिनका लागि सहज हुने भएको हो । करिब छ वर्षअघिदेखि स्याङ्जा जिल्ला अस्पतालमा एचआइभी संक्रमितको तथ्याङ्क राख्न सुरु भएपछि हालसम्म १९ पुरुष र सात महिला गरी २६ जनाको ज्यान गइसकेको छ भने जिल्लामा एआरटी सेवन गर्नेको संख्या १९९ रहेको छ ।