भक्तपुरमा अझै वालश्रमको अन्त्य भएन

290

– सनिता सैंजु
माघ ११ ,
भक्तपुर । बालश्रम मुक्त जिल्ला बनाउने भनेर धेरै गैरसरकारी संस्था र सरकारी पक्ष लागेपनि भक्तपुर बालश्रम रोकिएको छैन् । काभ्रेको भकुण्डेवसी घर भई हाल भक्तपुरको ताथली फिक्स इट्टा उद्योग काम गर्ने १४ वर्षिया सजिना तामाङ राती ३ बजे उठेर इट्टा वनाउन थाल्छिन् । उनी भन्छिन आर्थीक स्थीती कमजोर छ । काकीसंग वस्छु विहान वेलुका काम गर्छु । दिउसो स्कुल जान्छु । हप्तामा ५ सय रुपैया कमाउछु । “आथिक स्थीती कमजोर भएर वाध्य रुपमा पढाइ छोडेर इट्टा वनाउन आएको हो । ” ताथली फिक्स इट्टा उद्योगमा मै १२ वर्षीय मजदुर अर्जुन भुजेल । उनले भने दिनको १८ घण्टा काम गर्छु । हप्तामा २ हजार कमाइ हुन्छ । त्यो पनि गास,वास ,कपास तथा उपचारको लागि मात्र हुँ्रन्छ । अखाम्दानी भने हुदैन । सोही इट्टाभट्टामा काम गर्ने ९ वर्षिया उर्मिला तामाङले परिवारका सम्पूर्ण सदस्य इट्टा पार्न आएकोले गर्दा वाध्य भएर इट्टा वनाउन आएको वताउछिन । विहान ५ बजे उठेर इट्टा वनाउनु पर्छ । विहान चिसोको कारणले विभिन्न रोग लाग्ने गर्दछ । उनले भने “परिवारको आर्थिक स्थिीती कमजोर छ । इट्टा भट्टाके सिजनमा भट्टमा काम गर्छु । वाकी समय गाउमा काम गर्छु । पढन जान पाएको छैन । ” उनले चीसोको कारणले रुघा खोकी जस्ता रोगहरु लागेको छ । दैनिक १५०० इट्टा बनमउछु । उनी मात्र होइन ताथलीका अधिकांस इट्टाभट्टमा यस्ता सयौ वाल श्रमिकहरु भेटिन्छन् । नेपालको संविधान २०७२ को मौलिक हकको ३८ धारामा वालवालिकाको हकको व्यवस्था हुन सकेको छैन । (प्रशिक्षर्थी पत्रकार, प्रक्षेपण दैनीक)