होली पर्व सुरु

260

फागुन २२,
काठमाडौं । रंगहरुको पर्व होली सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आईताबार बिहान चीर ठड्याएर होली पर्व शुभारम्भ गरिएको हो । बिहान ८ बजेर १५ मिनेटको शुभसाईतमा सप्तरंगी चीर ठड्याइएको हो । त्यस अवसरमा नेपाली सेनाको गुर्जू पल्टनले हर्ष बढाई समेत गरेको थियो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीन तले चीर ठड्याएपछि मुलुकभर होलीको माहोल सुरु भएको मानिन्छ ।
होलीको अवसरमा सरकारले सार्वजनिक विदा पनि दिने गरेको छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ । भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्यु भएको खुशीयालीमा अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।