चलचित्र मंगलम्को शुभ–साइत

349

माघ ४,
काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलले निर्माण गर्न लागेको चलचित्र ‘मंगलम’को शुभ–साइत गरिएको छ । आज ९सोमबार० मैतिदेबी तथा कमलादी गणेश मन्दिरमा पुजा गर्दै चलचित्र युनिटले शुभ–साइत गरेको हो ।
शुभ–साइत गरिएको तस्बिर सहित निर्देशक नवल नेपालले चलचित्र सुरु भएको सामाजिक संजालबाट सार्वजनिक गरेका छन् । यहि माघ ७ गतेबाट छायाँकनमा जाने चलचित्रमा शिल्पा पोखरेल, पुष्पल खड्का, मिथिला शर्मा लगायतको मुख्य भुमिका रहनेछ ।
छविराज ओझाकै व्यानरमा बन्ने चलचित्रका कार्यकारी निर्माता पनि ओझा नै रहने छन् । चलचित्र नवल नेपालले निर्देशन गर्दैछन् । बिष्णु कल्पितको छायाँकन, दिपक शर्माको संगीत रहने चलचित्रको कथा गोविन्द फुयालले कोरेका हुन् ।