सस्तोमा डलर खोज्दा कागजको बन्डेल हातमा

244

माघ ३,
भक्तपुर । अन्जान व्यक्तिसंग सस्तोमा डलर साट्ने प्रलोभनमा पर्दा एकजना व्यक्तिको १० लाख रुपैँया ठगी भएको छ ।
ओखलढुङगा सिद्दिचरण नगरपालिका–१ स्थायी घर भई हाल पेप्सीाकोला बस्ने ५० वर्षका मेघनाथ दाहालको उक्त रकम ठगी भएको प्रहरीले जानकारी दिएको छ । भक्तपुरको चागुँनारायण नगरपालिका –५ गेलाल गाँउ स्थित एकान्त स्थानमा सामान्य परिचय नाम थर वतन नखुलेको २५÷२६ बर्षको मंगोलियन अनुहार भएको व्यक्तिले अमेरिकन डलर भनेर कागजको बन्डल दिएर फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
अमेरिकन डलर साट्ने क्रममा दाहालबाट रु. दश लाख लिई फरार रहेको उक्त व्यक्ति फरार भएकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।