सिन्धुलीको गाउँमा कलाकार

284

दीपक श्रेष्ठ
माघ ३,
सिन्धुली । ग्रामीण क्षेत्रमा कला जागरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित छ दिने दुम्जा कला यात्रा २०७३ सम्पन्न भएको छ । कलाकारले कुशेश्वर दुम्जाको विभिन्न भागमा पुगी प्राकृतिक सौन्दर्य, भूकम्पपछिको जनजीवन, दैनिकी, अवस्था, जनजीवनलगायत विषयमा १६ वटा चित्रकला तयार पारेका थिए । कुशेश्वर दुम्जा–५ बालुवाटारस्थित देवीस्थानबाट सुरु भएको कलायात्रा रुपटार, ध्याम्पाटार, बसेरी, ओख्रेनी, दोभानडाँडा, काप्mलेचौर, ओध्रेकोट, हायूगाउँ, ज्यामिरे, सिमलचौर, दारिमबोट, उपल्लाथोक, माझथोक, पानीपोखरी, आँपघारीमा पुगेर सम्पन्न भएको छ । कलायात्राका क्रममा कलाकारहरुले देवीस्थान माध्यमिक विद्यालय, जनजागृत प्रावि, पञ्चकन्या निमावि, कुशेश्वर विद्यापीठ माविमा पुगेर विद्यार्थीसँग कलाबारे अन्तरक्रिया गर्नुभएको थियो । त्यस्तै, गाउँगाउँमा चित्रकलाको प्रदर्शनगरी कलाकारहरुले गाउँलेसँग कलाबारे छलफल गरेका थिए । सो चित्रकला यहि माघ २४ गते जागरणकवि धरणीधर कोइराला जयन्तीका दिन दुम्जामा नै प्रदर्शन गरिने धरणीधर स्मृति पुस्तकालयले जनाएको छ । कलाकार सुरेम देशारको संयोजकत्वमा पाँच जना कलाकारहरुले कठिन भौगोलिक अवस्थाबीच पनि सफलतापूर्वक कलायात्रा सम्पन्न भएको संयोजक बताए । धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित यो कला यात्रामा सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, सुरेन्द्रराज अधिकारी र राजेन्द्र देशार सहभागी रहेका थिए । मूर्तिकार राजेन्द्र देशारले सरस्वतीको मूर्ति निर्माण गरेका थिए ।