निजी क्षेत्र राजनीति मुक्त ः मन्त्री के.सी

230

भक्तपुर । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले निजी क्षेत्रलाई राजनीतिबाट मुक्त गरे कै कारण सफल हुदै गरेको बताएका छन् । मध्यपुरथिमि स्थित सिवर्ड ईन्टरनेशनल उच्च मावि तथा कलेजको १५ औ वार्षिकोत्सव, पुरस्कार वितरण एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले निजी विद्यालयमा पनि राजनीति मुक्त भए कै कारण निजी विद्यालयको गुणस्तर बृद्धि भएको बताएका हुन् । सरकारी विद्यालयमा राजनीति हावी भएका कारण शिक्षाको गुणस्तर पनि खस्किदै गएको उहाँको तर्क थियो । उहाँले निजी विद्यालयहरुले गुणस्तर बृद्धि गर्दै राज्यलाई टेवा पुर्याएकाले सरकारले सरकारी विद्यालयलाई पनि जिम्मेवार एवं उत्तरदायित्व बहन गर्न कडाई गर्नुपर्नेमा जोड दिएका छन् । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक गुणस्तर दिदै निजी विद्यालयहरुले देश कै शिक्षाको अबस्थालाई माथि उकास्दै लगेको चर्चा गर्दै उनले नजी विद्यालयलाई नकारात्मक दृष्टिकोणबाट हेर्न नहुनेमा जोड दिएका छन् । त्यसैगरि बिभिन्न जिल्ला स्तरीय प्रतियिोगितामा उत्कृष्ठ हुने विद्यार्थी, विद्यालय भित्रै आयोजना भएको बिभिन्न प्रतियोगिता एवं अतिरिक्त कार्यक्रममा उत्कृष्ठ हुने विद्यार्थीलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो ।