प्रचण्डको खुलासा, म लगायत २१ जनालाई जेल हाल्ने तयारी हुँदैछ

201

काठमाडौं, ४ असोज,
prac
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूसँग खुसी भए पनि लडाकु शिविर भ्रष्टाचार प्रकरणमा एमालेले आफ्ना बिरुद्ध अख्तियार लगाएर समाप्त पार्न खोजेको आरोप लगाएका छन् । बैठकमा दाहालले लडाकु शिविरको भ्रष्टाचार प्रकरण अगाडि ल्याउन एमालेले उकासेको पनि बैठकमा आरोप लगाएका छन् ।
लडाकु शिविरको हिनामिनामा मुछिएका दाहालसहित २१ जना पूर्व लडाकु कमाण्डरमाथि छानविन गर्ने ‘षडयन्त्र’ भएको दाहालले बैठकलाई जानकारी गराए । आन्तरिक राजनीतिक कारणले संयुक्त राष्ट्रसंघको महासभामा जाने कार्यक्रम स्थगित गरेको भनिए पनि अख्तियारले थालेको छानविनका कारण त्यसको ब्यवस्थापनका लागि अमेरिका जाने कार्यक्रम दाहालले स्थगित गरेको अनुमान सार्वजनिक गरिएको थियो ।
पार्टी बैठकमा दाहालले अख्तियारले गर्ने कारवाहीलाई ब्यवस्थापन गर्न केही कदम चाल्ने तयारी भएको समेत बैठकमा वताए । ‘म लगायत हाम्रा बोनाफाइट नेता कार्यकर्तामाथि मुद्दा चलाईदैछ, यसमा एमालेले उक्साएको बुझिएको छ’ दाहालको भनाई उद्धृत गर्दै माओवादी केन्द्रका नेताले भने, ‘२१ जनालाई पत्र काटिएको भन्ने सूचना आएको छ, तर, अख्तियारलाई कसरी ब्यवस्थापन गर्ने भन्ने पनि भइरहेकै छ ।’