Wednesday, July 8, 2026
Home Blog Page 879
लमजुङ । प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० जना फरार अभियुक्त पक्राउ गरेको छ ।लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीका अनुसार ४५ जना पुरुष र १५ जना महिलालाई पक्राउ गरेका छन् । उनीहरू ३९ वर्ष ३ महिना ९ दिन कैद र १ करोड ३६ लाख १८ हजार ९ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने अभियुक्त हुन्...
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ शंखुमा बेवारिसे अवस्थामा वृद्धको शव फेला परेको छ । बाम्राङको शंखुस्थित जंगलमा शनिबार दिउँसो नाम, थर र वतन नखुलेको अन्दाजी ६५/७० वर्षको देखिने मंगोलियन फेसको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।सड्न लागिसकेको शव घटनास्थल लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान पुरा गरेर जिल्ला अस्पतालको...
काठमाडौं । इन्जिनियर विक्रमभक्त जोशीको कृति कथासङ्ग्रह ‘चोभार ब्लुज’को लोकार्पण सम्पन्न भएको छ । वरिष्ठ आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो ।जोशीका कथाहरुले यात्रालाई पृष्ठभूमि बनाएको प्रसङ्ग उप्काउँदै माया ठकुरीले भनिन्, ‘विक्रम भाइ यात्राहरुमा निस्किरहनु हुन्थ्यो । उहाँले आज यति राम्रो पुस्तक हामीलाई उपहार दिनु भयो । उहाँ त यात्रामा...
पोखरा । आफ्नै बा–आमाको नाममा खोलिएको ट्रष्टमा करोडौं पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरुले धेरै ब्यक्तिका स्मृतिमा ट्रष्ट, प्रतिष्ठान लगायत योजना बनाएर बजेट छुट्याउन लगाएका थिए ।धेरै विरोधपछि सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उक्त बजेट आफुले नलिने घोषणा गरेका...
टोकियो । जापानको दक्षिणी सहर नारामा शुक्रबार गोली हानी मारिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीले स्वीकार गरेको छ । नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले भने, ‘सुरक्षामा समस्या भएको कुरालाई नकार्न सकिँदैन । ’एउटा राजनीतिक कार्यक्रममा एक बन्दुकधारीले आबेमाथि गोली हानेका थिए । यस आक्रमणले जापानलाई गहिरो स्तब्ध बनाएको छ ।माथिल्लो सदनका लागि पूर्वनिर्धारित निर्वाचन आइतबार...
काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।इस्लामिक पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन...
काठमाडौं । सेयर बजारको कारोबार आइतबार बन्द हुने भएको छ । आज असार २६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४.७० अंकले घटेर १९९२।६२ विन्दुमा आएको छ ।
पेरिस । दक्षिणी फ्रान्समा ६५० हेक्टर क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको त्यहाँको फायर सर्भिसले जनाएको छ । दक्षिणी गार्ड क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणमा लिन विमानको सहयोगमा ९५० जना अग्नि नियन्त्रक तैनाथ गरिएको थियो ।अब महत्वपूर्ण चरण बितिसकेको फायर सर्भिसका प्रवक्ता लेफ्टिनेन्ट कर्नल एरिक एग्रिनियरले बताए । ‘अहिलेको लागि आगो नियन्त्रणमा छ...
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र बागमतीका एक(दुई स्थानमा मेघ गर्जन चट्याङसहित वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।राति प्रदेश १, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी भूभागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको...
काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो सातामा उक्त मूल्यले सुनको भाउ घटेको हो ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा घटेर...