खोटाङ । साउन लाग्दा ७० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाई हुँदैआएकामा सोमबारसम्ममा नौ हजार २८ हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एबं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।असारमा पर्याप्त वर्षा भएका कारण खोटाङमा विगतको तुलनामा चाँडो रोपाइ भएको हो । बेलामा धान रोप्न पाउँदा किसान उत्साहित छन्...
काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरूले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन्। सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नै पर्छ ।”सबै राजनीतिक पार्टीको राजनीतिक यात्रा विकासको निम्ति हुनुपर्नेमा...
मोरङ । सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेका आरोपमा विराटनगर महानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।एक थान मंगलसुत्र, एक थान चेन, चार थान...
काठमाडौं । प्रहरी समायोजन साउन महिनाभित्र गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरु शीर्ष नेताहरुलाई दबाव दिन काठमाडौं आएका छन् ।आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका उनीहरुले केहीबेरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेट्दै छन् । अपराह्न साढे ४ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जाने उनीहरुको तयारी छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्न...
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखुमा एक शव भेटिएको छ ।सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । खोलाको नजिक शव भेटिएपछि प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डिराज न्यौपाने र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फांं) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार) लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ ।एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताए । ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्को सूचना निकाल्छौँ,’ राईले भने । साधारण सभाले...
महोत्तरी । वडा कार्यालयमै वडाध्यक्षलाई हातपात र गालीगलौज भएको आरोपमा माओवादी निकट जनप्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् । बर्दिवास नगरपालिका-१२ का वडाध्यक्ष रामकिशोर साहलाई हातपात र गालीगलौज गरेको विषयलाई लिएर जनप्रतिनिधिहरूले प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।राजनीतिक प्रतिशोध लिने उद्देश्यले नियोजित ढंगबाट घटना भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरूको माग छ । आइतबार संयुक्त विज्ञप्ति निकाल्दै वडाध्यक्ष शमशेर सिंह, पदमबहादुर...
काठमाडौं । भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत महिलातर्फको उपाधि इटालीले जितेको छ ।आइतबार राति टर्कीमा सम्पन्न प्रतियोगितामा युरोपियन च्याम्पियन इटालीले ब्राजिललाई २५–२३, २५–२२, २५–२२ को सोझो सेटमा हरायो । योसँगै ब्राजिल फाइनलमा लगातार तेस्रोपटक हार बेहोर्न बाध्य भएको छ ।यस्तै, सर्विया तेस्रो भयो । उसले तेस्रो स्थानका लागि भएको खेलमा टर्कीलाई २७–२५, २५–१७, २६–२४ ले...
कोलम्बो । श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघले संकटकाल घोषणा गरेका छन् । आइतवार राति जारी गरिएको सरकारी सूचनामा देशमा संकटकाल घोषणा गरिएको हो । आर्थिक संकटबीच विक्रमासिंघले पछिल्लो निर्णय गरेका हुन् । राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा संकटकाल घोषणा गरिएको हो । २० जुलाईमा राष्ट्रपति निर्वाचन आयोजना हुँदैछ । पछिल्लो समयमा श्रीलंका अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ । संकटका कारण औषधि,...
बीबीसी । एक भारतीय जोडीले उनीहरूको हालै सम्पन्न विवाहका बेला गरेको अनौठो विषयवस्तुमा गरेको सम्झौता मिडियाको हेडलाइन र सोसल मिडियामा भाइरल बनेको छ। रमाइलोका लागि यो गर्न हुने र त्यो नहुने भन्ने सूची नव विवाहितका साथीहरूले तयार पारेका हुन् जुन स्वाभाविक रूपमा कानुनी सम्झौता होइन। तर इन्स्टाग्राममा विवाहको भोलिपल्ट २२ जूनका दिन अपलोड भए यता एउटा सम्झौतामा हस्ताक्षर गर्दै...










