मनाङ । मनाङको नासों गाउँपालिका वडा नम्बर ८ मा रहेको ताचै गाउँमा यतिबेला स्याउ टिप्ने समय भएको छ । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा गरिने एक मुख्य कृषिवालीको रुपमा स्याउखेति रहेको छ । ताचै गाउँका सोल बहादुर गुरुङ्गका अनुसार तेहाँका किसानले गाउँमा लोकल, गोल्डेल, फुजी, गाला, रेड डेलिसियलगायत विभिन्न प्रजातिका स्याउ रोप्ने गरेका छन् । अब बिस्तारै यो ठाउँमा...
काठमाडौं । काठमाडौं, मुगु र तनहुँबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिव ५ केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–१ बस्ने २८ वर्षीय सरोज कुमार साह र २२ वर्षीय नबिन मगर छन् । उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको...
झापा । झापामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
ती बालिकालाई बलात्कार गरेको अभियोगमा बारा जिल्ला घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले...
काठमाडौँ । घाँटीको क्यान्सरका कारण शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता एवं संघीय सांसद प्रदीप गिरिलाई प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।कांग्रेस पार्टी कार्यालय सानेपामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलगायतका...
इनरुवा । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताएका छन् । सुनसरीको वराहक्षेत्र ६ र ९ स्थित श्रीलङ्का टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण गर्न आएका उनले सो कुरा बताएका हुन्।मन्त्री कार्कीले कोसी कटानबाट क्षति भएको क्षेत्रलाई सरकारले सङ्कटग्रत क्षेत्र घोषणा गरेर स्थायीवासीको समस्या समाधानका लागि योजना बनाउन लागिपरेको...
काठमाडौँ – ५० जिल्लाका पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ ।दोस्रो चरण अन्तर्गत कोभिडविरुद्धको फाइजर खोप प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर मधेश प्रदेशको बारा, रौतहट र सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकको जिल्लाका बालबालिकालाई लगाइँदैछ।त्यस्तै गण्डकी प्रदेशको बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ,...
काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको हो ।कम्पनीले आफ्नो जारी पुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।...
भक्तपुर । नवौं राष्ट्रिय खेलकुद-२०७९ लागि भक्तपुरमा जिल्ला स्तरीय खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ । भक्तपुर जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दिपक थापाका अनुसार बुद्धिचाल,बास्केट बल, टेबुलटेनिस खेलका खेलाडी छनोट सकिएको हो ।कवडी, उसु, आइटिएफ तेक्वान्दो, फुलकन्ट्याक करातेँ खेलका खेलाडीहरु आइतबार छनोट हुनेछन् । आइतबार भक्तपुर जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले...
काठमाडौँ । सुनको मूल्य आज स्थिर रहेको छ ।छापावाल सुन प्रतितोला आज पनि ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँ छ ।चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सप्तरी । सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ काेसी ब्यारेजबाट आइतबार बिहान २४० केजी गाँजा बरामद गरेकाे छ।नेपालबाट अबैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा गाँजा बरामद गरेकाे हाे । कसशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार...










