Wednesday, July 1, 2026
Home Blog Page 786
काठमाडौं । नेकपा एमालेले निर्वाचनको मौन अवधि घटाउन प्रस्ताव गरेको छ । निर्वाचन आयोगले दलहरुसँग गरेको छलफलमा एमालेले निर्वाचनको मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा बनाउन प्रस्ताव गरेको प्रचार विभाग सचिव गगन बिष्टले जानकारी दिए । आयोगलाई १३ बुँदे सुझाव बुझाएको एमालेले उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि २५ भन्दा बढी जुलुस लान नपाउने व्‍यवस्था हटाउन...
काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा खोलिएको छ । भट्टराईले सोमबार पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा खोलेको जानकारी दिए । उनले पार्टीका पाँच प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका अनुसार नेसपाको पाँच प्रतिबद्धतामा समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवाद हुन् । जसपासँग असन्तुष्ट रहँदै बाबुरामले छुट्टै पार्टी गठन गरेका हुन् ।...
काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई रोजगारी दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । त्यस्तै ४५६ जना...
काठमाडौं । इंग्लिस प्रिमियर लिगको तेस्रो साताअन्तर्गत सोमबार राति म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दैछन् । सुरुवति दुई खेलमा पराजित युनाइटेड घरेलु मैदानमा लिभरपुलविरुद्ध जितको खोजीमा हुनेछ । नेपाली समयअनुसार खेल राति १२ः४५ बजे युनाइटेडको वर्ल्ड ट्राफोर्डमा हुनेछ ।नयाँ सिजनको पहिलो खेलमा घरेलु मैदानमा ब्राइटनसँग २–० को नतिजामा पराजित युनाइटेडले अहिलेसम्म एक गोल पनि गरेको छैन ।...
प्यूठान । जिल्लामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका-४ कुडुलेमा दुर्घटना भएको हो ।घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।घाइतेहरुलाई उद्धारपछि ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । बाँकी...
काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचनमा उम्मेदवारवालाई बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने प्रस्ताव आएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचार संहितामा दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव आएको हो । ‘दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा...
एजेन्सी । जर्मनीका चान्सलर ओलाफ सोल्ज एउटा सार्वजनिक कार्यक्रममा ग्यास आयातमा प्रतिबन्ध लगाउन आह्वान गर्दै दुई टपलेस महिला प्रदर्शनकारीले घेरेका छन् । रिपोर्ट अनुसार सोज्ल वर्लिनको चान्सेलरीमा संघीय सरकारको खुला दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा टपलेस युवतीले घेरेका हुन् । घेरा हाल्नुअघि दुबै युवतीले पूर्ण रूपमा लुगा लगाएका थिए । तर, चान्सलरले सञ्चारकर्मीलाई सम्बोधन गर्न थालेपछि दुबै युवतीले टपलेस बनेर...
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणा पत्र बनाउने भएका छन्। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सोमबार भएको छलफलपछि आगामी चुनावमा एउटै घोषणा पत्र बनाउन तयार भएका हुन्। त्यस्तै दुई पार्टीले निर्वाचन अघि एकता संयोजन समितिसमेत घोषणा गर्ने भएका...
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ। सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो। कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ। यही ९ गते विरोध र्‍याली प्रदर्शन खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म गरिने,...