Thursday, June 25, 2026
Home Blog Page 689
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ। आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ।विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब...
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर, तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।निर्वाचन प्रचारका लागि ब्यानर, तुल, भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग भएको पाइएपछि आयोगले प्रमुख जिल्ला अधिकारीहरुमार्फत् यस्तो निर्देशन दिएको हो । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले उम्मेदवारले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएकाले रोक्न भनिएको बताए ।सम्बन्धित उम्मेदवारलाई...
बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले व्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरु आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी व्याजदरमा चर्को वृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशिल उद्योग वाणिज्य संघहरुले सोमबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन् ।बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य...
सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासीले नाराजुलुससहित चक्काजाम गरेका छन्।मिर्चैया नगरपालिका–१ रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्या अनुसन्धानका क्रममा उनकै बुहारी जिबछीदेवी साहलाई प्रहरीले नियन्त्रणमा लिइ अमानवीय तरिकाले कुटपिट गरेको भन्दै विरोधस्वरुप स्थानीयले सोमबार मध्याह्ननदेखि चक्काजाम गरेका हुन्।आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरी नारा लगाएका थिए। प्रहरीले चक्काजाम खोलाउन दर्जनौं...
काठमाडौँ । निर्वाचन आयोगले कात्तिक १८ गतेअघि घरदैलो बाहेकका चुनावी प्रचार–प्रसारका लागि अरु काम नगर्न चेतावनी दिएको छ।निर्वाचन आचारसंहिताले मतदानको १७ दिन अघिदेखि मात्रै प्रचार–प्रसारका लागि समय दिएको स्मरण गराउँदै आयुक्त रामप्रसाद भण्डारीले उल्लंघन गरेमा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने बताए।उनले कात्तिक १८ गतेअघि कोणसभा, आमसभा, गोष्ठी सेमिनारजस्ता कुनै पनि काम गर्न आग्रह गरे।आयुक्त भण्डारीले भने, ‘आयोगले मात्रै बनाएको आचारसंहिता...
काभ्रे । आगामी मसिंर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि जिल्लाबाट ६४ जनाको उम्मेदवारी कायम भएको छ । दर्ता गरेका मध्ये प्रतिनिधि सभा एकमा तेमाल १ घर भएका ३२ वर्षीय पूर्णबहादुर विश्वकर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । उनी जिल्लाका एक मात्र दलित उम्मेदवार हुन् ।त्यस्तै प्रतिनिधि सभा १ मा एक काठमाडौँ १० बुद्धनगर...
बर्दिया । बर्दियाको बबई नदीमा बगेर आएको दुइजना पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–१ नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ । शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए । यस्तै कर्णाली नदीस्थित गेरुवा गाउँपालिका–१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव फेला परेको छ । काम गर्न गएका राजापुर नगरपालिका–१ सोनपुरका डिल्लीराज शर्माको खसेर मृत्यु...
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ १ बाट सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। सोमबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरजचन्द्र लामिछाने, (ख) उम्मेदवार दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो।कार्यक्रममा नेता सिंहले नेपालको राजनीतिमा काठमाडौँ...
काठमाडौँ । माओवादी केन्द्रले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई सोमबारसम्म उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने भएको छ। माओवादी केन्द्रीय कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै आज (सोमबार) सम्म उम्मेदवारी फिर्ता लिएर निष्क्रिय बसेको घोषणा गरे अनुशासनको कारबाही नहुने जनाएको हो।माओवादी पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा निर्वाचन...
वीरगञ्ज । पाँच हजार घुस रकमसहित सोमबार जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ परेका छन्।अख्तियारको टोलीले घुससहित कार्यालयका कम्प्युटर अपरेट सञ्जय कुमार यादवलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए।जिल्ला प्रशासन कार्यालयले रोक्का राखेको जग्गा फुकुवा गराइदिने भनि सेवाग्राहीसँग यादवले घुस मागेका थिए। सोही सूचनाको आधारमा खटिएको टोलीले उनलाई घुससहित रंगेहात पक्राउ...