Thursday, November 26, 2026
Home राजनीति ठगी प्रकरणमा सभामुखमाथि किन छानबिन नगरेको ?

ठगी प्रकरणमा सभामुखमाथि किन छानबिन नगरेको ?

1
@Chandr Bahadur Ale

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले मलेसिया वैदेशिक रोजगारीको नाममा भएको ठगी प्रकरणमा हालका सभामुख (तत्कालीन श्रममन्त्री डीपी अर्याल)अर्यालमाथि छानबिन नगरेको भन्दै प्रश्न उठाएका छन् । रोल्पामा पत्रकार सम्मेलनमा बोल्दै सरकारले आफूनिकटका व्यक्तिलाई उन्मुक्ति दिएको जिकिर गरे । उनले भने, ‘त्यो बीचमा सातजना मन्त्री भएको देखिन्छ । तर, जसलाई फसाउन खोजियो, त्यसको नाममात्रै छानेर कारबाही गरेको देखिन्छ । सुरू गर्ने मन्त्रीलाई पनि छानबिन गरिएको छैन, बीचका मन्त्रीहरूलाई पनि गरिएको छैन । आफ्नै पार्टीको तर्फबाट अहिले सभामुख हुनुभएका त्यो बेला मन्त्री हुनुन्थ्यो ।’
आफूसँग फरक मत राख्नेलाई मात्रै छानेर कारबाही गर्ने गर्न खोजेको उनको आरोप छ । पुनले थपे, ‘यो सुशासन होइन । यो निर्देशित छानबिन या निर्देशित ढङ्गले प्रतिशोध लिने रूपमा गइराखेको छ । निजी क्षेत्रमा पनि पुरानो पार्टीसँग या नेतासँग नजिक भयो भनेर कसैलाई तर्साइहाल्ने खालको काम गरिएको छ ।’