Wednesday, November 25, 2026
Home समाचार अवैध सुनसहित विमानस्थलबाट २ चिनियाँ नागरिक पक्राउ

अवैध सुनसहित विमानस्थलबाट २ चिनियाँ नागरिक पक्राउ

2

काठमाडौं । दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित पक्राउ परेका छन् । उनीहरूको साथबाट २ हजार ३४८ ग्राम अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना चिनियाँ महिलाहरू हुन् । उनीहरू क्याथे प्यासेफिक एयरलाइन्सको उडानबाट गएराति काठमाडौं आएका थिए । यसबारे थप विवरण खुल्न बाँकी छ ।