Friday, November 13, 2026
Home अनौठो राइस कुकरसँग बिहे !

राइस कुकरसँग बिहे !

2

इन्डोनेसियामा एकजना युवकले कुनै युवतीसँग होइन राइस कुकरसँग विवाह गरे । ती युवक र राइस कुकरबीच बहिे भएको चार दिनमै सम्बन्धविच्छेद भयो । राइस कुकरसँग बिहे गर्ने युवकको नाम इरुल अनाम थियो । अनामले राइस कुकरलाई बेहुली बनाएर बिहे गरेका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । तस्वीरमा उनी परम्परागत विवाहको पोसाकमा देखिएका थिए भने राइस कुकरलाई पनि बेहुलीझैँ सजाइएको थियो । उनले मुस्लिम समाजअनुसार विधिपूर्वक निकाह गरी विवाह संस्कार सम्पन्न गरेका थिए । साथै राइस कुकरसँग विवाह गरेको कागजातमा हस्ताक्षर गरिरहेको तस्वीरसमेत उनले सोसल मिडियामा पोस्ट गरेका थिए ।भएको एउटा अनौठो बिहेको घटना सायद संसारकै पहिलो र अन्तिम बिहे हो भन्दा फरक नपर्ला ।