Saturday, September 19, 2026
Home राजनीति सूर्यविनायक–८ मा कांग्रेसको वडा सभापति पदमा दुईको उम्मेदवारी

सूर्यविनायक–८ मा कांग्रेसको वडा सभापति पदमा दुईको उम्मेदवारी

2

कांग्रेस वडा अधिवेशन
भक्तपुर । नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत सूर्यविनायक नगरपालिका–८ मा वडा सभापति पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। वडा सभापतिका लागि रमेश तामाङ र रञ्जन बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन समितिका अनुसार आज उम्मेदवारी दर्ता सम्पन्न भएको हो। सभापति पदमा दुई जनाको उम्मेदवारी परेसँगै भोलि बिहान मतदान हुने भएको छ।
कार्यसमितिको अन्य पदमा भने उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध हुनेमा उपसभापतिमा क्षितिज कुमार बस्नेत र कल्पना राजथला, सचिवमा विश्वराम थापा तथा सहसचिवमा पवन कुमार बस्नेत रहेका छन्।
त्यस्तै, सदस्यमा यसोदा बस्नेत, गीता थापा, हिराकाजी श्रेष्ठ, थिरबहादुर कार्की, रोशन बराइली, हिरे तामाङ्ग, प्रल्हाद बस्नेत, हरिशरण बस्नेत र सूर्यबहादुर खाइतु निर्विरोध भएका छन्।
यसैगरी २३ जना क्षेत्रीय प्रतिनिधिसमेत निर्विरोध भएका छन्। निर्विरोध हुने क्षेत्रीय प्रतिनिधिहरूमा गीता थापा, संगिता थापा, रेणु तामाङ्ग, सूर्यबहादुर खाइतु, विदुरमान सिंह बस्नेत, दिनेश बस्नेत, रामकृष्ण बस्नेत, मनोराज बस्नेत र विश्वराम थापा रहेका छन्। यस्तै, यसोदा बस्नेत, पवन लामा, पवन कुमार बस्नेत, रोशन बराइली, महेन्द्र थापा, सानुकान्छा तामाङ्ग, ज्ञानकुमार राजथला, क्षितिज कुमार बस्नेत, लव गिरी, बोज बहादुर थापा, दिपक बस्नेत, राजाराम न्हिसितु, दिपेन्द्र कुमार थापा मगर र हिराकाजी श्रेष्ठ रहेका छन्।
वडा सभापति पदमा भने रमेश तामाङ र रञ्जन बस्नेतबीच प्रतिस्पर्धा हुने भएकाले भोलि हुने मतदानबाट नयाँ वडा सभापति चयन हुनेछन्। मतदानपछि हुने मतगणनाको परिणामसँगै सूर्यविनायक नगरपालिका–८ को नयाँ वडा नेतृत्वको टुंगो लाग्नेछ।