मोहना नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

4

काठमाडौँ : कैलालीको मोहना नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले जलसतह पार गरेको भन्दै नदी आसपासको क्षेत्र र डुबान भइरहने ठाउँका बासिन्दा उच्च सतर्क रहन अनुरोध गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम ,धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ जिल्ला भइ बहने नदीहरुमा बहाब बढ्ने छ।