जेनजी आन्दोलन : वृद्धतन्त्रमा नवयुवाले लगाएको ब्रेक

7

काठमाडौं । गत वर्ष जेनजी आन्दोलनको अघिल्लो दिन २२ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको तेस्रोपटक अध्यक्ष बन्न पार्टी विधान संशोधन गरेका थिए । ललितपुरको गोदावरीमा सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनबाट ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था खारेज गरिएको थियो । अर्लि महाधिवेशनको योजना सहित विधान संशोधन गर्नु अनि एमाले अध्यक्षमा दाबी गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय लिएर ओलीले नेतृत्वमा रहिरहने आधार सुनिश्चित गरेका थिए ।तर विधान महाधिवेशन सकेर गोदावरीबाट बालुवाटार फर्किएका ओलीले पर्सिपल्ट (२४ भदौमा) नेपाली सेनाको हेलिकोप्टरबाट ज्यान जोगाउनुपर्ने स्थिति सिर्जना भयो । पूर्वसहमति बमोजिम ओलीका उत्तराधिकारी देउवा नभएर चुनावी सरकारको नेतृत्व गर्नेगरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री भइन् ।