नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्टहरू सार्वजनिक हुँदै

1

काठमाडौं : यामाहाले विभिन्न शैली, आवश्यकता र रुची भएका राइडरहरूका लागि नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने भएको छ।
नेपालमा यामाहाको बढ्दो range मा नयाँ विकल्पहरू थप्दै यसपटक नाडामा यामाहा एरोक्स १५५ एस फेसिनो एस र डिस्क तथा आर १५ एस (R15 S) का नयाँ भेरियन्टहरू सार्वजनिक गरिनेछन्। यामाहा एरोक्स १५५ एस विशेष गरी पर्फर्मेन्स र डायनामिक राइडिङ अनुभव मन पराउने राइडरहरूका लागि तयार पारिएको हो। यसको स्पोर्टी डिजाइन, १५५ सीसीको इन्जिन र कि-लेस (keyless) फिचरले स्कुटरमै मोटर साइकल चलाएको जस्तो अनुभव गराउँछ। कि-लेस फिचरको मद्दतले चाबी विना नै इन्जिन सुरु गर्न सकिन्छ, जसले दैनिक प्रयोगमा निकै सहजता प्रदान गर्छ। पर्फर्मेन्स र स्पोर्टी राइडको मज्जा लिँदै व्यावहारिक स्कुटर खोज्नेहरूका लागि यो उत्कृष्ट छ रोजाइ बन्नेछ।

स्टाइललाई प्राथमिकता दिनेहरूका लागि यामाहाले नयाँ फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिड भेरियन्टहरू ल्याएको छ। आकर्षक डिजाइन र दैनिक रूपमा चलाउन सहज यी नयाँ हाइब्रिड भेरियन्टहरूले आरामदायी यात्राका साथै राइडरको व्यक्तिगत शैलीलाई पनि झल्काउँछन्। आर १५ एस र आर १५ एम (R15 S and R15 M) भेरियन्टहरूले यामाहाको लोकप्रिय ‘आर सिरिज’ लाई अझ परिमार्जन गरेर प्रस्तुत गर्नेछन्। ‘नयाँ आर इन्स्टिंक्ट’ अवधारणामा आधारित यी मोडलहरूबाट उत्कृष्ट रोड प्रेजेन्स र रोमाञ्चक राइडिङ अनुभव खोज्ने स्पोर्टी मोटरसाइकलप्रेमीहरूले विशेष अपेक्षा राखेका छन्। आर १५ सिरिज पहिलेदेखि नै नेपालमा यामाहाको पर्फर्मेन्स लाइन-अपको महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ।