विराटनगर : कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही रु दुई लाख उपलब्ध गराउने निर्णय भएको छ। साथै, घाइते तथा घर, पसललगायतमा आगजनीबाट पीडित परिवारलाई रु ५० हजार प्रदान गरिने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो।














