काठमाडौंः जारी फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ। आज बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीचको अन्तिम १६ को खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो। अन्तिम १६ बाट ८ टोली क्वार्टरफाइनलमा पुगेका छन्। जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड रहेका छन्।
सेमिफाइनलमा प्रतिस्पर्धा गर्न टीम फिफा विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनल (अन्तिम ८) को पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। यो खेल जुलाई १० तारिख मा नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ।
स्पेन र बेल्जियमः जुलाई ११, राति पौने २ बजे
नर्वे र इंग्ल्याण्डः जुलाई १२, बिहान पौने ३ बजे
अर्जेन्टिना र स्विट्जरल्याण्डः जुलाई १२, बिहान पौने ७ बजे














