भक्तपुर । भक्तपुर जिल्लामा बर्ड फ्लु रोगको महामारी फैलिएको छ । पछिल्लो केही तथ्यांक अनुसार करिब ४० हजार आसपास कुखुरा नष्ट गरिएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका र सुर्यविनायक नगरपालिकामा पन्छिमा लाग्ने रोग बर्ड फ्लु महामारी फैलिएको छ । बर्ड फ्लु रोग कुखुरामा सरेपछि हालसम्म भक्तपुरको चाँगु नारायण नगरपालिकाको वडा नम्वर २,८ र ९ मा पालिएका ३८ हजार ७ सय ९५ घरपालुवा कुखुराहरू नष्ट गरिएका छन भने सुर्यविनायक नगरपालिकाको पडा नम्वर १,४ र ८ मा ९ हजार ३ सय ७८ कुखराहरू नष्ट गरिएको पशु सेवा कार्यालय ललितपुरका पशु चिकित्सक डाक्टर अमिक श्रेष्ठले जानकारी दिए । सुर्यविनायक नगरपालिकामा रोगका कारण धेरै कुखराहरू पहिले नै मरिसकेको उनले बताए । अहिले लोकल , लेयर्स कुखुरामा यो रोग देखिएको र बोईलर कुखुरामा कम यो रोग सरेको डाक्टर श्रेष्ठले बताए । दाना ओसारपसार गर्ने गाडीका कारण बर्ड फ्लु रोग सरिरहेकाले सरसफाईमा ध्यान दिनुपर्ने उनले बताए । भक्तपुर र मध्यपुर थिमी नगरपालिका मा भने यो रोग नसरेको उनले बताए ।














