काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै प्रजातान्त्रिक गणतन्त्र कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा पोर्चुगल अंक बाँड्न बाध्य भएको हो । खेलको छैटौँ मिनेटमै जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । बलमाथि बलियो पकड बनाएको पोर्चुगलले सुरुवाती समयमा कंगोलाई पूर्ण दबाबमा राखे पनि त्यसपछि भने लय गुमाउन पुग्यो । पोर्चुगलका अग्रपंक्तिका खेलाडीले कंगोका गोलरक्षक म्पासीलाई थप चुनौती दिन सकेनन् । यो नतिजासँगै कंगोका खेलाडी र समर्थकले मैदानमै भव्य खुसीयाली मनाएका छन् भने पोर्चुगलका लागि आगामी खेल चुनौतीपूर्ण बनेका छन् ।














