यौन स्वास्थ्य । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगार र सयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ । तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन। यौनचाहना प्रकृतिले मानिसलाई दिएको एक विशेषता हो । सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ। यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन।
१. उत्तेजनाको चरण-सम्भोगका क्रममा प्रथम चरण केही मिनेटदेखि लामो समयसम्म रहनसक्छ । यो चरणमा मसलमा उत्तेजना आउने, पसिना आउने, लिंगमा तरल पदार्थ बग्ने हुन्छ । यो सम्भोगको तयारीको अवस्था नै उत्तेजनाको चरण हो ।
२. प्लाटो फेज- प्लाटो फेजमा भएको यौन क्रिया निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ।
३. चरमसुख- पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं ।
४. रिजोलुसन फेज- चरमसुख पछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं ।
आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ, तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ। कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी समय लाग्न सक्छ।
शीघ्र स्खलन भएर यौनसम्पर्क राम्रोसँग नहुँदा महिलाले यौनसम्पर्क प्राप्त गर्न गारै हुन्छ। यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषमा भने त्यस्तो हुँदैन। महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक च्भाचबअतयचथ एभचष्यम हो। पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिँदैन।
हुन त तपाईंले श्रीमतीसँग सोध्नुभएकै होला तर, औंला हाली देऊ भन्ने कुरा बुझ्न एकपल्ट महिला यौनाङ्गलाई बुझौं। यहाँ यौन प्रतिक्रिया चक्रमा मात्र होइन, महिलाको यौनाङ्गको फरकपनमा पनि ध्यान पुर्याौउनुपर्छ। तपाईंलाई थाहै होला, महिलाको यौन संवेदनशील अङ्ग भगांकुरु बाहिरतिरै हुन्छ । सामान्यतस् पुरुष माथि र महिला तल रहेर गरिने यौनसम्पर्कले महिलाको भगांकुरलाई घर्षण गर्दैन ।
महिला माथि रहेर महिलाले आफूले चाहेजस्तो कटी प्रदेशलाई चलाउन सक्छिन्, जसले यौनसुख प्राप्त गर्न सहज हुन्छ। शीघ्र स्खलन भएपछि लिङ्ग शिथिल भएर यौनसम्पर्क गर्न नसकेको स्थितिमा चरमसुखतर्फ अग्रसर हुने अवसर नै हुँदैन । तपाईंलाई थाहै होला, यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । यौन प्रसाधन जस्तो भाइब्रेटरको प्रयोग पनि अर्को उपाय हो ।
योनिमा औंला वा अन्य कुनै लिङ्गाकार वस्तु पसाउँदा पनि महिलालाई यौन आनन्द प्राप्त गर्न सजिलो हुन्छ । त्यसबाहेक, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ भने अन्य अनेक प्रयोग पनि गर्न सकिन्छ ।
पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उत्तेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्धत पनि मिल्छ ।













