भीरबाट लडेर बालिकाको मृत्यु

5

मकवानपुर । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।
सोमबार घाँस काट्न गएकी सोही वडाको जातिपोखरी निवासी वीरेन्द्र वाइवाकी नौ वर्षीया छोरी लमिना वाइवाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
घाँस काट्न गएको र फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा आज भीरबाट लडेर लमिनाको मृत्यु भएको अवस्थामा फेला परेको प्रनाउ बोगटीले बताए। मृतक बालिकाको शवपरीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।