Tuesday, September 29, 2026
Home अर्थ तोलामा ६५ सयले घट्यो सुन

तोलामा ६५ सयले घट्यो सुन

4

काठमाडौं : नेपाली बजारमा पहेँलो धातु (सुन) को भाउमा गिरावट आउनेक्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य तोलाको ६५ सयले घटेर तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको २ लाख ८२ हजारमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४४२५ मा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ४५४० मा कारोबार भएको थियो।