टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्युु

5

मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा स्कुटरलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गकाे बासबारीमा बिहान १०:३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको बालुवा बोकेको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा स्कुटरको पछाडि सवार सुन्दरहरैँचा–४ का १७ वर्षीय मौसम काफ्ले गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे ।