वडाध्यक्षको निधन

3

काठमाडौं । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष टेकप्रसाद लिम्बु उपचारको क्रममा निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित लिम्बूको उपचार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा भइरहेको थियो । साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार ५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर रोगको उपचारमा थिए । उपचारकै क्रममा उनको दिल्लीमा निधन भएको हो । उनको निधनको शोकमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको अध्यक्ष राईले जानकारी दिए । स्वर्गीय लिम्बू सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित लिम्बू केही महिनादेखि भारतमा उपचाररत रहेका थिए ।