आजको मोसमः हल्का वर्षा, हिमपातको सम्भावना

2

काठमाडौं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू(भागमा आंशिक बादल लागेको छ ।


२०८२ फागुन २४ गते (आइतबार)

दिउँसोः देशको पहाडी र हिमाली भू-भागमा भू-भागमा साधारणतया बादल लाग्नेछ। देशको बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ।

रातीः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भामामा साधरणतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बागमती प्रदेशको पहाडी र हिमाली भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ।