रास्वपाको भक्तपुरमा बिजय उत्सव, तस्विरमा हेरौं

14

भक्तपुर । विहिवार सम्पन्न संघीय प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर जिल्लाका दुबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरु बिजयी भएका छन् । क्षेत्र नं. १ मा रास्वपाका रुकेश रन्जित र क्षेत्र नं. २ मा राजिव खत्रीले जीत हासिल गरेका हुन् । क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार रन्जितले ३३ हजार ४ सय ३६ मत ल्याएर बिजयी भएका हुन् । त्यसैगरि उनका निकटतम प्रतिद्धन्द्धी नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले २८ हजार १ सय ४७ मत ल्याए । रन्जित सुवालको मतान्तर ५ हजार २ सय ९२ रहेको छ । पराजित भएका नेमकिपाका सुवाल क्षेत्रबाट २०७४ र २०७९ सालमा निर्वाचित सांसद समेत हुन् । रास्वापाका खत्रीले ४२ हजार ३ सय ३४ मत ल्याएका छन् भने एमालेका बस्नेतले निकै कम १० हजार ९ सय ९६ मत ल्याए । खत्री र बस्नेतलको मतान्तर ३१ हजार ३ सय ३८ रहेको छ ।

तस्विरमा हेरौं