संघीय प्रतिनिधि सभाको निर्वाचन हुदैं

2

काठमाडौं । आज देशभर संघीय प्रतिनिधि सभाको निर्वाचन हुदैंछ। निर्वाचन आयोगका अनुसार १ करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्। १४३ अस्थायी मतदानस्थल तय गरिएका छन्। प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन्। प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन्। निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता सूचीअनुसार १३ निर्वाचन क्षेत्रमा ९ लाख बढी मतदाता थपिएका छन्।