२३ वर्षीय युवकले ४२ वर्षीया महिलालाई जबरजस्ती गरेपछि

1

सुर्खेत । २३ वर्षीय एक युवकले ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका-१ बस्ने २३ वर्षीय बिमल विकलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो। विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका विकमाथि प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।