भक्तपुर । फागुन २१ गते हुने निर्वाचनकोलागि मत माग्न राजनितिक दलहरुले घरदैलो अभियान सुरु गरेका छन् । सोहि अभियान अनुसार नेकपा एमालेको तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार सोमप्रसाद मिश्रले सोमबारबाट घरदैलो सुरु गरेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटबाट मिश्रले अभियानको सुरु गर्दै आफुले विगतमा नगरप्रमुख हुदाँ गरेका नमूना कार्यलाई सम्झेर मतदिन आम मतदातासंग आग्रह गरे । एमालेका नेता समेत रहेका मिश्रले यो पटक पूर्ण रुपमा निर्वाचन आचारसंहिता पालना गर्दै घरदैलो गरिने जानकारी दिए । चाँगुनारायणको संस्थापक नगरप्रमुख मिश्रले भौतिक पूर्वाधार मात्र नभए आफु नगरप्रमुख हुदाँ मानविय विकाशमा समेत उल्लेखनिय कार्य गरेको बताए । भक्तपुर क्षेत्र नं. १ का बासिन्दाको सपना नै मेरो सपना हो, एमालेका उम्मेदवार मिश्रले भने ।
तस्विरमा हेरौं एमालेको घरदैलो





























