यस्तो गल्ती गरेपछि चुनावको मुखैमा रास्वपाका नेता पक्राउ

2

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

गत माघ २६ गते भट्टराईले आफ्नो फेसबुक वालबाट ती कागजातहरू सार्वजनिक गरेपछि मंगलबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डिएसपी रिपेन्द्र कुमार सिंहले बताएका छन् । भट्टराईलाई जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिएको हो ।