भक्तपुर । भक्तपुर जिल्लामा दल र स्वतन्त्र गरेर ५७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । भक्तपुरको १ नं. निर्वाचन क्षेत्रमा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका पर्दछ । यी दुई नगरपालिकामा गरेर १ लाख ७ हजार ५४ जना मतदाता रहेका छन् । क्षेत्र नं. १ बाट नेकपा एमालेका सोम प्रसाद मिश्र, नेपाली कांग्रेसका किरण न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीका हरिराम लबजु, नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्का, आम जनता पार्टीका देबेन्द्र ठाकुर, उज्यालो नेपाल पार्टीका रमेश बल्ल रहेका छन् । राष्ट्रिय जनमोर्चाका इश्वरी प्रसाद पैयानी, मितेरी नेपाल पार्टीबाट सावित्री न्यौपाने, नेपालकालागि नेपाली पार्टीका दिपक पोखरेलले उम्मेदवार बनेका निर्वाचन कार्यालयले जानकारी दिएको छ । जसपा नेपालका श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी)का चन्द्रमान कोजु, श्रम संस्कृति पार्टीका विष्णुहरि न्हिसुतु, नेकपा संयुक्तका दामोदर काफ्ले, प्रगतीशिल लोकतान्त्रिक पार्टीका रबि खाइजु छन् । स्वतन्त्र उम्मेदवारहरुमा बालकृष्ण खाइतु, सुरेश कोजु, दशरथ थापा, राजु श्रेष्ठ, पुण्यराम सुवाल, सुदिप न्यौपाने, राजेश्वरी प्रजापति, विष्णुराम दमरु, सुजिता बुढाथोकी रहेकी छिन् । 

भक्तपुरको २ नं. क्षेत्रमा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका रहेको छ । यहाँ २ लाख ५ हजार ४ सय १० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगरले जानकारी दिएका छन् । त्यसैगरि क्षेत्र नं. २ का उम्मेदवारहरुमा नेकपा एमालेका सचिव महेश बस्नेत, नेपाली कांग्रेसका कबिर राणा, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य, नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजिव खत्री रहेका सूचना अधिकारी विसीले जानकारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम थापा, आम जनता पार्टीकी देव कुमारी शाह, उज्यालो नेपाल पार्टीका जितराम लामा रहेका छन् । नेपालकालागि नेपाली पार्टीका राजेश बाडेले उम्मेदवार बनेका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मंगोल नेशनल अर्गनाइजेसनबाट पेम्वा घले, श्रम संस्कृति पार्टीबाट अर्जुन बासु, जसपा नेपालका नविन श्रेष्ठ, नेकपा (माओवादी) प्रकाशराज ढुंगेल, त्रिमुल नेपालका राकेश श्रेष्ठ, नेकपा संयुक्तका लोककृष्ण दाहाल, प्रगतीशिल लोकतान्त्रिक पार्टीका जन्मदेव जैसी, नेपाल जनसेवा पार्टी जानुका पाठक रहेकिछिन् । 

स्वतन्त्र उम्मेदवारहरुमा प्रदीप कुमार रुपाखेती, सविन महत, अनिता भट्टराई, अर्चना भट्टराई, रेणु श्रेष्ठ, सुर्वण थापा, साजन ढकाल, नविन कुमार महत, ओमकृष्ण कुटु, बालकृष्ण श्रेष्ठ, लक्ष्मि बास्तोला पौडेल, श्यामकृष्ण धुख्वा, मधु प्रकाश साहुखल, आनन्द कार्की,मनोज लामा रहेका छन् ।













