Wednesday, September 23, 2026
Home राजनीति बालेन प्रधानमन्त्री, रबि सभापति !

बालेन प्रधानमन्त्री, रबि सभापति !

16

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेता मानेर जान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह तयार भएका छन् । तर त्यसका लागि फागुन २१ गतेको निर्वाचनमा बहुमत आएपछि आफूलाई प्रधानमन्त्री पद बनाउनुपर्ने अडान बालेनले राखेका छन् । बालेनको उक्त सर्तमा रवि पनि सकारात्मक रहेपछि दोस्रो तहका नेताहरू सहमतिका बुँदा तयार गर्न लागेका हुन् । वार्तामा संलग्न दुवै पक्षका नेताहरूका अनुसार सहमतिका लागि अहिले सम्भावित बुँदा तयार गर्ने काम भइरहेको छ। सहमतिा लागि कोसिस जारी रहे पनि तत्कालै हस्ताक्षर हुने नहुने टुंगो भइसकेको छैन। नेताहरूका अनुसार मिलेर जाने हो भने बालेनले चुनाव चिह्न लौरो लिएर जाने प्रस्ताव गरेका छन् ।