योजना आयोगको उपाध्यक्षमा डा. श्रेष्ठ नियुक्त

16

काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा।प्रकाशकुमार श्रेष्ठ नियुक्त गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए। उनकाअनुसार आयोगको सदस्यमा प्राडा सुनिती श्रेष्ठ नियुक्त भएकी छिन्। प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटी कटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ।

सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ दुई सय तथा भारतीय रुपैयाँ पाँच सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजानसक्ने व्यवस्था गरेको उनले बताए।