दुईटा जिल्लामा पुन: प्रतिनिधि छान्न एमालेकाे निर्देशन

10

काठमाडाैं : नेकपा एमालेले दुई जिल्लामा पुन: महाधिवेशन प्रतिनिधि छान्न निर्देशन दिएकाे छ। यसअघि भएकाे छनाेट विधिसम्मत नभएकाे भन्दै संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले ओखलढुंगा र धनकुटामा पुन: प्रतिनिधि चयन गर्न निर्देशन दिएका हुन्।
ओखलढुंगामा ८ मध्ये ६ वटा पालिका कमिटीहरूको माग र बहुसंख्यक उम्मेदवारहरूको असहमति रहँदारहँदै जबर्जस्ती प्रतिनिधि छनाेट गरिएको निर्देशन पत्रमा उल्लेख छ। साथै, प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेतको अवज्ञा गरी सदरमुकाममा सम्पन्न भनिएको उक्त निर्वाचन स्वीकार गर्न नसकिने पत्रमा स्पष्ट पारिएको छ।