पुराना पार्टीको विकल्पमा पार्टी बनाउँछौँ : भूसाल

9

काठमाडौँ — नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भूसालले पुराना सत्ताधारी पार्टीको विकल्प निर्वाध आन्तरिक लोकतन्त्र भएको पार्टी बनाउने बताएका छन् । उनले नयाँ पार्टी सिद्धान्तका हिसाबले ‘भुइँफुट्टा’ व्यवहारमा ‘गैरजिम्मेवार’ भएको बताए। ‘उनीहरूको हातमा मुलुक गए ठक्कर खान्छ। हाहु गरेर राजनीतिमा आउन खोज्दैछन् । युवाले समर्थनलाई गम्भीरताका साथ समर्थन गर्नुस्,’ उनले भने, ‘पुराना र नयाँको विकल्प चाहियो। दलालसँग सम्बन्ध नराख्ने । घूस नखाने पार्टी चाहियो । यस्ता पर्टीले मुलुकलाई समृद्धितिर लैजान्छन् । समाजवादी बाटो कोर्छन् ।’

माघ ३ र ४ मा काठमाडौंमा नेकपा संयुक्तको विशेष राष्ट्रिय सम्मेलन हुनेछ।