Wednesday, September 23, 2026
Home राजनीति सडकबाट कसैलाई अपराधी करार गर्न मिल्दैन : अर्थमन्त्री खनाल

सडकबाट कसैलाई अपराधी करार गर्न मिल्दैन : अर्थमन्त्री खनाल

9

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधी करार गर्न नमिल्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सोमबार आयोजित २९ औँ वार्षिक साधारण सभामा बोल्दै उनले गल्ती गर्नेलाई कानुनले सजाय दिने बताए। उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको उल्लेख गर्दै कानुनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिए। नेपालमा नेपाली वा विदेशी जसले सम्पति सिर्जना गरे पनि त्यो मुलुकको सम्पति हुने उनको भनाई छ। विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको उनले बताए। लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाई छ। लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानुनअनुसार कारबाही हुने भन्दै उनले सडकबाट अपराधी करार गरेर निजी सम्पत्तिमाथि हमला गर्न नमिल्ने बताए।