Wednesday, September 23, 2026
Home अर्थ घरजग्गा कारोबार गर्ने कम्पनीलाई भूमि व्यवस्था विभागले लाइसेन्स वितरण गर्ने

घरजग्गा कारोबार गर्ने कम्पनीलाई भूमि व्यवस्था विभागले लाइसेन्स वितरण गर्ने

11

काठमाडौं : भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ।
विभागले एक सूचनामार्फत तीन करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ। अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन्। विभागको सूचनाअनुसार एकपटकमा पाँच करोडसम्मको कारोबार गर्ने कम्पनीले पाँच लाख र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले १० लाखबराबरको शुल्क तिर्नुपर्नेछ। सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो।