३० जिल्लाका सिडिओ फेरिए, भक्तपुरमा ढकाल

49

काठमाडौं । सरकारले धेरै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु(सिडिओ)को सरुवा गरेको छ । आइतबार गृहमन्त्रालयले ३६ जना सहसचिवको सरुवा गरेको हो । त्योसँगै ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर भएका छन् । भक्तपुरमा उमेशकुमार ढकाललाई सरुवा गरिएको छ भने पूर्व सीडीओ नमराज घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा गएका छन्।

जस अनुसार रुपन्देहीका टोकराज पाण्डे लमजुङ, कैलालीका कृष्णप्रसाद लम्साल नवलपरासी, नवलपरासीका हिरालाल रेग्मी कैलाली, महोत्तरीका नारायणप्रसाद रिसाल दोलखा, दोलखाका भोला दाहाल पर्सा, पर्साका तोयानारायण सुवेदी अर्घाखाँची र उदयपुरका प्रेमप्रसाद लुईँटेल धनुषा सरुवा भएका छन्।

ललितपुरका सीडीओ सुमन घिमिरेलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाइएका छन् भने प्रेमप्रसाद भट्टराई ललितपुरका नयाँ सीडीओ बनेका छन्।
यस्तै