काठमाडौं । नेपाल नर्सिङ संघले आह्वान गरेअनुरुप नर्सहरूले कालोपट्टी बाँधेर काम गर्न थालेका छन्। संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मागपत्र पेश गर्दै तोकिएको समयभित्र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। नेपाल नर्सिङ संघका अनुसार, मन्त्रालयले असोज २ गते माग सम्बोधनका लागि कार्यदल गठन गरे पनि अहिलेसम्म ठोस कार्यान्वयन नभएकाले आन्दोलन अपरिहार्य बनेको हो। संघको प्रतिनिधित्वसमेत रहेको उक्त कार्यदललाई छठ पर्वपछि सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। संघका अध्यक्ष चन्द्रकला शर्मा नेतृत्वको कार्यसमितिले जारी गरेको वक्तव्यअनुसार, संघले असोज २ गते पुनः मागपत्र पेस गरेको थियो। उक्त माग पूरा नभएसम्म आन्दोलन चरणबद्ध रूपमा अघि बढाइने जनाएको छ।हरू कालोपट्टी बाँधेर काम गर्दै














