काठमाडौं । नेपाल आयल निगम हवाइ इन्धन डिपो सिनामंगलका कर्मचारीहरुले शहिद र घाइते परिवारलाई नगद सहयोग गरेका छन् । जेन जी पुस्ताको आन्दोलनको क्रममा निधन भएका पाँच जनाको परिवार र घाइते सात जनालाई सहयोग गरेको हो । जेन जी पुस्ताको आन्दोलनका शहिद परिवार र घाइतेहरुलाई अािर्थक सहयोग गरेको छ । डिपोका प्रमुख प्रदीप कुमार यादव, उपनिर्देशक रामहरि निरौला, लेखाप्रमुख प्रवेश पाठकसहित सम्पूर्ण कर्मचारीहरुले अभियान नै चलाएर सहयोग गरेका हुन् ।
आन्दोलनका शहिद सुभाष बोहोरा, ओजन बुढा, दिपेश सुनुवारको प्रति परिवार २५ हजार रुपैयाँको दरले महेश बुढाथोकीको परिवारलाई ३० हजार र अभिषेक चौलागाईको परिवारलाई नगर १५ हजार ५ सय ५० रुपैयाँ सहयोग गरिएको उपनिर्देशक रामहरि निरौलाले बताए ।
त्यसैगरि घाइते गुल्मी घर भई काठमाडौं बस्ने सुभाष अर्याल, कैलाली घर भई काठमाडौं बस्ने ऋषिकेश यादव, गोरखाका रोशन रेग्मी, रुकुम पश्चिमका जगदिश परियार, नुवाकोटका दिपेश नेपाली र काभ्रेपलान्चोक घर भई काठमाडौमा रिक्सा चलाउँदै आएका कुमार दाहाल सहित सबैलाई प्रतिव्यक्ति १५ हजारका दरले सहयोग गरिएको हवाई इन्धन डिपोका उपनिर्देशक निरौलाले बताए । हवाई इन्धन डिपोका कर्मचारीहरुले शहिद परिवारलाई १ लाख २० हजार ५ सय ५० र घाईतेलाई १ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।














