बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ । एमालेको समानुपातिकबाट रूकुम पूर्वबाट निर्वाचित पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए । पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन् । मुटुसम्बन्धी समस्या भएपछि लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको उपचारकै क्रममा मृत्यु भएको स्रोतले जानकारी दिएको छ ।













