स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा): चाँगुनारायण पहिलो

177

भक्तपुर । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका पहिलो भएको छ । लिजाको नतिजा अनुसार चाँगुनारायणले ९२.५ प्रतिशत अंक हासिल गरेको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को आर्थिक वर्ष २०८०/०८१ को नतिजामा ९१ प्रतिशत अंक हासिल गरी मध्यपुर थिमि नगरपालिका भक्तपुर जिल्लामा दोस्रो हुन सफल भएको छ ।

सूर्यविनायक नगरपालिकाले ९०.५ प्रतिशत अंक हासिल गर्दै जिल्लामा तेस्रो हुँदा सबैभन्दा कम भक्तपुर नगरपालिकाले ८९ प्रतिशत अंक हासिल गरेको नतिजामा उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार लिजाको आ.व. २०८०/०८१ को नतिजा सार्वजनिक गरेको हो । कार्यविधि अनुसार स्थानीय तहको स्वमूल्याङ्कनका विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत व्यवस्थापन र सहकार्य तथा समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरिन्छ ।